
Aug 21 2025 | २०८२, भदौ ५ गते
काठमाडाैँ । धनगढीको एक होटेलमा विषादी सेवनबाट एक पुरुषको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका २ जयलक्ष्मी होटेलमा विषादी सेवन गरेका एक पुरुषको मृत्यु भएको प्रहरीले बताएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कञ्चनपुरको कृष्णपुर नगरपालिका-७ का ३८ वर्षीय देव धामीको मृत्यु भएको हो।
विषादी सेवनपछि सेती प्रादेशिक अस्पताल पुर्याइएका उनलाई त्यहाँबाट नोभा अस्पताल लगिएको थियो।
उनले सेल्फास नामक विषादी सेवन गरेको जिल्ला प्रहरी कार्यालयले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij