
Aug 21 2025 | २०८२, भदौ ५ गते
काठमाडौँ । तामाङ समुदायको मुख्य पर्व सोनाम ल्होसार आज मनाइँदैछ । यो समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिनदेखि नयाँ वर्षको रुपमा सोनाम ल्होसार मनाउने गर्छन् ।
सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष सुरु भएको छ । आजदेखि गोरु वर्गको बिदाईसँगै बाघ वर्गको स्वागत हुँदैछ।
एसियाका अन्य कतिपय समुदायका क्यालेण्डरले जस्तै यो समुदायको क्यालेण्डरले पनि हरेक नयाँ वर्षलाई एउटा जीव जनावरको नाम दिने गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij