Logo

Aug 21 2025 | २०८२, भदौ ५ गते

Aug 21 2025 | २०८२, भदौ ५ गते

शिशुको हत्या गर्न दबाव दिने पुरुषलाई अदालतले सुनायो जन्मकैदको फैसला

शिशुको हत्या गर्न दबाव दिने पुरुषलाई अदालतले सुनायो जन्मकैदको फैसला

  •  कैलाली । उच्च अदालत दिपायलले हाडनाता करणीबाट जन्मिएको शिशुको हत्या गर्न दबाब दिने बाजुराका राजकुमार बडुवाललाई जन्मकैदको फैसला सुनाएको छ । 
    उच्च अदालतले दिएको जानकारीअनुसार बडुवालले हाडनाता करणीबाट गर्भ रही जन्मेको शिशुलाई हत्या गर्न दवाव दिएको प्रमाणित भएको छ । बडुवालले भाउजु नाता पर्ने महिलालाई बलात्कार गरेको आरोप लागेको थियो ।

    images
    images
    images

    बलात्कारपछि गर्भवती भएकी महिलाले २०६९ जेठ २७ गते शिशु जन्माएकी थिइन् । पटक पटक राजकुमारले शिशुको हत्या गर्न दवाव दिएपछि महिलाले जन्मेको ३४ दिनमा बिषादी खुवाई आफ्नै सन्तानको हत्या गरेकी थिइन् ।

    images

    उक्त घटनामा मंगलबार उच्च अदालतले राजकुमारलाई मुख्य दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो ।

    महिलालाई चार वर्ष कैद हुने गरी जिल्ला अदालत बाजुराले सुनाएको सजाय भने उच्च अदालतले सदर गरेको छ ।

     विषादी  ल्याई बालकलाई खुवाउन सहयोग गरेको आरोपमा एक महिलालाई पनि ६ महिना कैद सजाय सुनाएको छ ।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij