
Aug 21 2025 | २०८२, भदौ ५ गते
काठमाडाैँ । दाङमा नेटवर्किङ व्यवसायमा संलग्न ३ जनालाई पक्राउ गरिएको छ । ठगी गरेको भन्दै पीडितले उजुरी दिएपछि पक्राउ गरिएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार १७ हजार रुपैयाँ ठगी गरेको भन्दै उजुरी परेपछि रोल्पा घर भई घोराही बस्ने ३ जनालाई पक्राउ गरिएको हो ।
उनीहरूले २ महिनामा पैसा दोब्बर हुने भन्दै प्रतिव्यक्ति १५ देखि १८ हजार रुपैयाँसम्म हाइफर र साफिरलगायतमा लगानी गर्न भनेर अनलाइन नेटिवर्किङबाट अवैध कारोबार गर्दै आएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij