Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडाैँ/ कोभिडको कारणले पटक–पटक रिलिज सरेको फिल्म म यस्तो गीत गाउँछु २ आज शुक्रबारदेखि अल नेपाल रिलिज हुने भएको छ।
रिलिजको पूर्वसन्ध्या पारेर बुधबार कीर्तिपुर सिनेप्लेक्समा फिल्मको प्रिमियर शो पनि गरिएको छ। प्रिमियर सोमा बिकाउ कलाकर्मीहरूको सहभागिता रहेको थियो। प्रिमियरमा फिल्म हेर्नेहरूले यसको प्रशंसा गरेका छन् । प्रेमकथामा बनिएको फिल्मप्रति प्रिमियरमा सकारात्मक प्रतिक्रिया आएको छ। सकारात्मक प्रतिक्रियाले आफू उत्साहित भएको निर्देशक सुदर्शन थापाले बताए ।
फिल्ममा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डीसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी लगायतको अभिनय रहेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij