
Aug 21 2025 | २०८२, भदौ ५ गते
काठमाडाैँ । साहित्यकार एवं पत्रकार बिके पाल्पाली (विजयकुमार पोखरेल)को निधन भएको छ । गए राति आफ्नै निवासमा निधन भएको हो ।
केहीँ वर्षदेखि दुवै मिर्गौलामा समस्या आएपछि डायलासिस गराउँदै आएका पाल्पालीलाई पछिल्लो समय कोरोना सङ्क्रमणसमेत भएको थियो ।
उनी नेपाली साहित्यमा हाइकु, कथा, कविता र गीत लेखनका साथै पाल्पाली पत्रकारितामा पनि सक्रिय थिए । उनी कानुन व्यवसायीसमेत थिए । पाल्पाली पेरोल साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष समेत रहेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij