Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

पक्राउ

संखुवासभा र रोल्पाबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

संखुवासभा र रोल्पाबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • काठमाडौँ । संखुवासभा र रोल्पाबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा संखुवासभाको खाँदबारी नगरपालिका-८ बस्ने १९ वर्षीय पुस्कर तामाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    AGNI GROUP

    पुस्करले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय संखुवासभा बाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    त्यस्तै ४१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रोल्पाको रून्टीगढी गाउँपालिका-८ चिउरीपानी बस्ने ४० वर्षीय लोक बहादुर विकलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    लोक बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij