
Aug 21 2025 | २०८२, भदौ ५ गते
नेपाल बार एशोसिएसन निर्वाचनका लागि सत्तारुढ गठबन्धन समर्थित कानुन व्यवसायीहरुका तर्फबाट गोपालकृष्ण घिमिरे उम्मेदवार बन्ने भएका छन् ।
घिमिरे नेपाली कांग्रेसको निर्वाचन समिति संयोजक हुन् । अध्यक्षका लागि बारका पूर्वमहासचिव सुनिल पोखरेल पनि दाबेदार थिए । तर पार्टी सभापति शेरबहादुर देउवा निकट घिमिरेले टिकट पाएका छन् । त्यसैगरी महासचिव पदमा अंकिता खनाललाई उम्मेदवार बनाउने सहमति भएको छ ।
नेपाल बार एशोसिएसनको चैत १९ गते हुने अधिवेशनमा सत्तारुढ गठबन्धनमा रहेका तीन दलले मोर्चाबन्दी गरेका छन् । नेपाली कांग्रेस निकट कानुन व्यवसायी अध्यक्ष र नेकपा माओवादी केन्द्र निकट कानुन व्यवसायी महासचिव रहने गरी तीन दलले मोर्चावन्दीको निर्णय गरेका हुन् । नेकपा एकीकृत समाजवादी निकट कानुन व्यवसायीले उपाध्यक्ष पद पाउनेछन् । बार एशोसिएसनको देशभर ११ हजार जना भन्दा बढी सदस्य रहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij