Logo

Aug 21 2025 | २०८२, भदौ ५ गते

Aug 21 2025 | २०८२, भदौ ५ गते

आयल निगम प्रति महिना १० अर्ब घाटामा !

आयल निगम प्रति महिना १० अर्ब घाटामा !

  • काठमाडौं/ नेपाल आयल निगमले प्रतिमहिना १० अर्ब रुपैयाँले घाटामा जाने बताएको छ । निगमले अन्तर्राष्ट्रिय बजारमा अहिलेकै गतिमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदै जाने हो भने प्रतिमहिना १० अर्बले घाटा बढ्दै जाने जनाएको हो ।

    images
    images
    images

    सिंहदरवारमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विषयमा गरेकोे छलफलमा निमित कार्यकारी निर्देशक सुशील भट्टराईले आगामी दिनमा खरिद गरेको पैसा कसरी तिर्ने भन्ने चिन्ता बढेको बताए । भट्टराईले चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म निगम करिव २८ अर्ब घाटामा गएको जानकारी दिए ।

    images

    निमित्त कार्यकारी निर्देशक भट्टराईले २८ अर्ब घाटा मध्ये १५ अर्ब खाना पकाउने एलपीजी ग्यासमा रहेको र प्रतिसिलिण्डर समेत ६६५ रुपैयाँ घाटा रहेको बताए । उनले अहिले निगमसँग पेट्रोलिय पदार्थ ८० देखि ८५ प्रतिशत अर्थात ५ करोड लिटर मौज्दात रहेको आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट