Logo

Aug 21 2025 | २०८२, भदौ ५ गते

Aug 21 2025 | २०८२, भदौ ५ गते

स्थलगत निरीक्षण

मन्त्री खड्काद्वारा देशकै सबभन्दा ठूलो अन्तर्देशीय प्रसारण लाइनको स्थलगत निरीक्षण

मन्त्री खड्काद्वारा देशकै सबभन्दा ठूलो अन्तर्देशीय प्रसारण लाइनको स्थलगत निरीक्षण

  • काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले धनुषाको ढल्केबरमा रहेको देशकै सबैभन्दा ठूलो विद्युत् सब स्टेशनको निरीक्षण भ्रमण गरेका छन् ।

    images
    images
    images

    निरीक्षणका क्रममा मन्त्री खड्काले सब स्टेशनबाट प्रवाह भैरहेको अन्तर्देशीय प्रसारण लाइनको अवस्था बारेमा विस्तृत जानकारी लिएका छन् ।

    images

    मन्त्री खड्काले ढल्केवर ग्रीड सब स्टेशनका प्रमुख सूर्यनारायण मण्डलसँग छलफल गर्दै प्राधिकरणको कार्यक्षमता र सुधारका लागि आवश्यक कदमहरूको सन्दर्भमा निर्देशन पनि दिएका थिए ।

    उनले विद्युत आपूर्ति प्रणालीको सुरक्षा र विश्वसनीयता सुनिश्चित गर्न प्राथमिकता दिनुपर्ने निर्देशन दिए ।मन्त्री खड्काले ढल्केबर विद्युत सब स्टेशनको अवस्थाबारे थप जानकारी प्राप्त गरेपछि भविष्यमा आवश्यक नवीकरण र विस्तारका उपायहरूलाई ध्यानमा राख्दै उपयुक्त निर्णयहरू लिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    निरीक्षण भ्रमणमा नेपाल विद्युत प्राधिकरण मधेश प्रदेश क्षेत्रीय कार्यालयका प्रमुख मनोज यादव र अन्य उच्च अधिकारी पनि उपस्थित थिए। भ्रमणले विद्युत प्राधिकरणको योजनाहरू र सम्भावित सुधारका उपायहरूलाई थप स्पष्ट र कार्यान्वयनयोग्य बनाउने अपेक्षा गरिएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट