Logo

Aug 21 2025 | २०८२, भदौ ५ गते

Aug 21 2025 | २०८२, भदौ ५ गते

वैदेशिक सहायता घट्दो क्रममा, यस्तो छ तथ्यांक

वैदेशिक सहायता घट्दो क्रममा, यस्तो छ तथ्यांक

  • काठमाडौं । पछिल्लो समय नेपालले पाउने वैदेशिक सहायता घट्दै गएको छ । अर्थ मन्त्रालयका तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा सरकारले ५२ अर्ब ३३ करोड अनुदान प्राप्त गर्ने लक्ष्य राखेकोमा जम्मा २३ अर्ब ५३ करोड मात्र प्राप्त भएको छ । यो लक्ष्यको ३२.६२ प्रतिशत मात्र हो ।

    images
    images
    images

    अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा सरकारले ४९ अर्ब ९४ करोड वैदेशिक अनुदान लिने लक्ष्य राखेकोमा २४ अर्ब प्राप्त भएको थियो । सोही आधारमा चालु वर्षको अनुदान प्राप्ति अघिल्लो वर्षको तुलनामा २.०४ प्रतिशतले घटेको मन्त्रालयले जनाएको छ ।

    images

    यस्तै, वैदेशिक ऋण प्राप्ति पनि घटेको छ । आव२०८१/८२ मा सरकारले २ खर्ब १७ अर्ब ऋण लिने लक्ष्य राखेकोमा १ खर्ब २५ अर्ब ४० करोड मात्र ऋण लिन सफल भएको छ, जुन लक्ष्यको ५७.७८ प्रतिशत हो । अघिल्लो वर्ष २ खर्ब १२ अर्ब ऋण लिने लक्ष्य राखिएकोमा १ खर्ब २५ अर्ब ६६ करोड मात्र ऋण लिइएको थियो । यो लक्ष्यको ५९।०७ प्रतिशत हो । सोही आधारमा ऋण प्राप्ति पनि अघिल्लो वर्षको तुलनामा ०.२१ प्रतिशतले घटेको देखिन्छ ।

    कुल वैदेशिक सहायता तर्फ २०८१/८२ मा सरकारले २ खर्ब ६९ अर्ब लिने लक्ष्य राखेको थियो । तर, यसमध्ये १ खर्ब ४८ अर्ब मात्र प्राप्त भएको छ, जुन वार्षिक लक्ष्यको ५५.१५ प्रतिशत हो । अघिल्लो वर्ष २ खर्ब ६२ अर्ब लक्ष्य राखिएकोमा १ खर्ब ४९ अर्ब ६७ करोड मात्र प्राप्त भएको थियो । यो लक्ष्यको ५६.९८ प्रतिशत हो ।

    अर्थ मन्त्रालयको तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष कुल वैदेशिक सहायता ०.४९ प्रतिशतले घटेको प्रष्ट भएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij