
Aug 21 2025 | २०८२, भदौ ५ गते
काठमाडौं । सानो भर्याङस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पूर्ण छात्रवृत्ति नाम निकालिदिने भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–२ सानो भर्याङ बस्ने २७ वर्षीय सञ्जिव राई रहेका छन् । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ घर भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
राईले हेल्थ असिस्टेन्ट विषयमा अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकालिदिने भन्दै एक व्यक्तिबाट १ लाख ८५ हजार रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij