Logo

Aug 21 2025 | २०८२, भदौ ५ गते

Aug 21 2025 | २०८२, भदौ ५ गते

ब्राजिलियन खेलाडी आना कर्णाली यसभिएसमा अनुबन्धित

ब्राजिलियन खेलाडी आना कर्णाली यसभिएसमा अनुबन्धित

  • काठमाडौँ । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो सिजनका लागि कर्णाली यसभिएसले ब्राजिलियन खेलाडी आना फ्लाभियालाई अनुबन्धित गरेको छ ।

    images
    images
    images

    यही भदौमा हुने लिगको लागि सेटर आना फ्लाभियालाई अनुबन्धित गरेको कर्णाली यसभिएसले जनाएको छ ।
    सुरुवाती वर्षमा ब्राजिलबाट व्यावसायिक भलिबल खेलेकी आनाले स्पेन, स्लोभाकिया, चेक गणराज्य, हंगेरी र स्विजरल्याण्ड बाट खेलिसकेकी छन् ।

    images

    स्लोभाकिया र स्पेनमा उनी उत्कृष्ट सेटर घोषित भएकी थिइन् । दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग इन्फिनिटी ड्रिम्सको आयोजनामा आगामी भदौ २० गतेदेखि २८ गतेसम्म हुनेछ ।

    यसअघि कर्णाली यसभिएसले महानायक राजेश हमाललाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा अनुबन्धित गरिसकेको छ  भने प्रशिक्षकको रूपमा कुमार राई र मार्की खेलाडी सुमित्रा रेग्मीलाई यो वर्ष पनि निरन्तरता दिएको छ ।

    कर्णाली यसभिएस पहिलो संस्करणको विजेता पनि हो । दोस्रो संस्करण पनि आफ्नो पोल्टामा पार्नका लागि विदेशी खेलाडी समेत आफ्नो टिममा समावेश गरेको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij