
Aug 20 2025 | २०८२, भदौ ४ गते
काठमाडौं । भुटानमा आजदेखि शुरु भएको साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालले भारतसँग फराकिलो हार बेहोरेको छ ।
बुधबार सम्पन्न खेलमा नेपाल भारतसँग ७-० गोल अन्तरले पराजित भएको हो । पहिलो हाफमा ५-० ले पछि परेको नेपालले दोस्रो हाफमा थप २ गोल खाएको थियो ।
आजदेखि अगस्त ३१ सम्म हुने साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालसहित भारत, बंगलादेश, भुटान गरी चार देशले भाग लिएका छन् ।
डबल राउण्ड रोबिनका आधारमा हुने प्रतिस्पर्धामा प्रत्येक टोलीले दुई(दुई खेल खेल्नेछन् भने शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।
नेपालले यस प्रतियोगितामा अब अगस्त २२ मा भुटानसँग, अगस्त २४ मा बंगलादेशसँग, अगस्त २७ मा बंगलादेशसँग, अगस्त २९ मा भारतसँग र अगस्त ३१ मा भुटानसँग खेल्ने तालिका रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij