Jun 04 2026 | २०८३, जेठ २१ गते
ललितपुर/ आजको प्रि अोपन सेसनमा नेप्से परिसूचक साढे २ दशमलब ५५ अंकले घटेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ३०.३६ अंक घटेर २५१४.५८ विन्दुमा बन्द भएको नेप्से साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा २.५५ अंक घटेर २५१२.०४ विन्दुमा झरेको छ। प्रि ओपन सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०५ अंक घटेको छ।
बिहीबार प्रि ओपन सेसनमा ५ स्टकको १३ लाख ४० हजार ९५९ रुपैयाँ ५० पैसा बराबरको १ हजार २७० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १ स्टकको मूल्य बढेको छ भने २ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij