Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

औद्योगिक क्षेत्रमा ‘लोडसेडिङ’ नहुने 

औद्योगिक क्षेत्रमा ‘लोडसेडिङ’ नहुने 

  • काठमाडौँ । भारतमा बिजुलीको मूल्य अत्यधिक मात्रामा बढेकाले औद्योगिक क्षेत्रमा ‘लोडसेडिङ’ गर्ने तयारी गरेको नेपाल विद्युत् प्राविधिकरणले तत्काल ‘लोडसेडिङ’ नगर्ने भएको छ । 

    onlinepatrika
    Arghakhachi

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज बिहीबार पत्रकार सम्मेलन गर्दै तत्काल कुनै पनि क्षेत्रमा लोडसेडिङ नहुने बताएका छन् । उनले भारतबाट आयात हुने विद्युतमा समस्या भएकाले मंगलबारदेखि विद्युत् कटौती गरिएको, तर लोडसेडिङ नै हुने अवस्था भने नभएको बताएका हुन् ।

    AGNI GROUP

    रुस–युक्रेन युद्धका कारण पछिल्लो समय भारतमा बिजुलीको मूल्य अत्यधिक मात्रामा अकासिएकाले मंगलबारदेखि प्राधिकरणले विद्युत् आयात नगरेकाले उद्योगमा विद्युत् कटौती गर्नुपरेको बताए । उनले प्राधिकरणले आज बेलुका १२ बजेदेखि महँगो मूल्यमा आयात गरेर औद्योगिक क्षेत्रमा बिजुली दिने तयारी गरेको बताए ।

    प्राधिकरणले प्रतियुनिट नेपाली ३८ रुपैयाँ महँगो दरमा भारतबाट बिजुली किनेर औद्योगिक क्षेत्रमा आपूर्ति गर्न लागेको घिसिङको भनाइ छ। घिसिङले विश्वभर नै विद्युत् अभावको समस्या बढेकाले नेपालमा समेत त्यसको असर परेको हुँदा छोटो समय मात्रै नेपालमा प्रभाव देखिने बताएका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij