
Aug 22 2025 | २०८२, भदौ ६ गते
काठमाडौँ । २०७२ सालको भूकम्पले क्षति पु¥याएको भीमसेन मन्दिर पुनर्निर्माणको काम सम्पन्न भएको छ । आज प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त मन्दिरको उद्धघाटन गरेका हुन् ।
प्रधानमन्त्री देउवाले ललितपुर महानगरपालिकामा भएको विकास राष्ट्रियस्तरमा मात्र नभइ अन्तर्राष्ट्रियस्तरमा समेत नेपाल र नेपालीको परिचय फराकिलो बनाउन सहयोग पुग्ने बताएका छन् ।
शनिबार ललितपुरको भीमसेन मन्दिरको पुनर्निर्माण सम्पन्न भएको अवसरमा आयोजित समारोहमा बोल्दै ऐतिहासिक धाम र सांस्कृतिक दृष्टिकोणले भरिपूर्ण रहेको ललितपुर कला संस्कृतिको क्षेत्रले चिनिने बताए ।
प्रधानमन्त्री देउवाले स्थानीयहरुलाई नै विकास निर्माणको काम दिनुपर्ने बताउँदै उनले विकास निर्माणको काम स्थानीय सरकारलाई दिएकोले अधिकांश काम राम्रो र छिटो तथा गुणस्तरी ढंगबाट सम्पन्न भएको पनि बताए ।
स्थानीयलाई नै विकासको काममा जिम्मेवारी दिन अति आवश्यक रहेको बताउँदै सबै ठाउामा भन्न नसकिए पनि अहिलेसम्म राम्रो काम भएको उनले बताए ।
झण्डै तीन सय वर्ष अघि श्रीनिवास मल्लको पालामा निर्माण भएको उक्त मन्दिरको पुनर्निर्माण स्थानीय व्यवसायी र दाताहरुको आर्थिक सहयोगमा भएको हो ।
पाटन दरबार क्षेत्रमा रहेको भीमसेन मन्दिर पुनर्निर्माणका लागि ललितपुर महानगरपालिकाले पनि आर्थिक सहयोग गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij