Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० को बजेटले अर्थ व्यवस्थालाई नयाँ रुप दिने अर्थमन्त्री जनार्दन शर्माले दाबी गरेका छन् ।नेपाल आर्थिक संघ, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र अर्थ मन्त्रालयले संयुक्त रुपमा आयोजना गरेको वृहत आर्थिक बहस कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
अहिले अर्थतन्त्रका बारेमा धेरै कोणबाट चिन्ता भइरहेको भन्दै उनले बजेटले अर्थ व्यवस्थालाई नयाँ रुप दिने दाबी गरेका हुन् ।शर्माल कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन, रोजगारी सृजना, श्रम-सीपको उचित व्यवस्थापन, विकास खर्चमा सुधार, सुधारिएको लगानीको वातावरण, निजी क्षेत्रमैत्रीलगायतका विषयलाई प्राथमिकता दिएर बजेट निर्माण हुने बताए ।
शर्माले आगामी आर्थिक चालु वर्षको ८ महिनामा कुल वैदेशिक ब्यापारमा निर्यातको हिस्सा १० प्रतिशत नाघेको भन्दै उनले आगामी दिनमा यो तथ्यांकलाई थप सुधार गर्न उत्पादन वृद्धिको विकल्प नरहेको बताए ।उनले बाह्य कारण अर्थतन्त्रमा असर परेको तर अर्थविद्हरुले व्यक्तिगत रुपमा आफ्नो बारेमा नकारात्मक टिप्पणी गरेको समेत आरोप लगाए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij