Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मेगा बैंकको पोल्टामा दुई ‘अन्तर्राष्ट्रिय अवार्ड’

मेगा बैंकको पोल्टामा दुई ‘अन्तर्राष्ट्रिय अवार्ड’

  • काठमाडौँ । मेगा बैंक नेपालले एकैसाथ अन्तराृष्ट्रिय अवार्ड जितेको छ । मेगा बैंकले ‘बेष्ट सीएसआर कमर्शियल बैंक नेपाल अवार्ड २०२२’ जितेको हो । 

    onlinepatrika
    Arghakhachi

    साथै, ‘वुमन बैंकिङ सिइओ अफ दि एयर अवार्ड, २०२२’ को अवार्ड मेगा बैंकको सिइओ अनुपमा खुञ्जेलीले जितेकी हुन् । सिंगापुरस्थित वलर्र्ड विजश आउटलुकका अनुसार, सामाजिक संस्थागत उत्तरदायित्वअन्तर्गत नेपालको विभिन्न सामाजिक क्षेत्रमा मेगा बैंकले उत्कृष्ट योगदान गरेबापत ‘बेष्ट सीएसआर कमर्शियल बैंक नेपाल अवार्ड, २०२२’ प्रदान गरिएको हो । 

    AGNI GROUP

    कोभिडको रोकथाम तथा उपचारका निम्ति राष्ट्रिय तथा प्रादेशिक कोषहरूमा गत आर्थिक वर्षमा मात्र मेगा बैंकले गत एक करोड ३५ लाख उपलब्ध गराएको थियो । साथै, बैंकले शिक्षामा बालबलिकाहरूको पहुँचलाई स्थापित गर्दै महिला सशक्तिकणमा टेवा पुर्याउन र मेगा बैंकमै रोजगारीको अवसर सृजना गर्न बैंकले ‘एक शाखा दुई छोरी’ कार्यक्रम अन्र्तगत सामुदायिक विद्यालयहरूमा कक्षा १ देखि १२ सम्म अध्ययनरत ३९० जना छात्राहरूलाईृ वार्षिक रुपमा ४३ लाख रकम बराबरको छात्रवृति उपलब्ध गराएको छ । 

    यसैगरी, नेपालको ‘क’ वर्गको वाणिज्य बैंकको प्रथम महिला सिइआको इतिहास बनाएकी सिइओ अनुपमा खुञ्जेलीलाई मेगा बैंकको सफल नेतृत्व गरी नेपालको बैंकिङ क्षेत्रमा अतुलनीय योगदान गरेबापत ‘वुमन बैंकिङ सिइओ अफ दि एयर अवार्ड २०२२’ प्रदान गरिएको वलर्लूडले विजनेश आउटलुकले जनाएको छ । सिइओ खुञ्जेललिे यसैवर्ष, ‘वेष्ट फिमेल अवार्ड २०२१’ पनि प्राप्त गरेका थिए । उनकै नेतृत्वमा मेगा बैंकले ‘बैंक अफ द एयर अवार्ड २०१९’ समेत प्राप्त गर्न सफल भएको थियो । अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेपछि सिइओ खुञ्जेलीले गौरवान्वित महशुस गरेको बताइन् । अवार्डको श्रेय बैंकका संस्थापक, सर्वसाधारण शेयरधनी, ग्राहकवर्ग, कर्मचारी एवं समस्त सरोकारवालाहरूलाई दिइन् । 

    एकैदिन तीनवटा शाखा विस्तार
    शाखा सञ्जाल विस्तारमा लागेको मेगा बैंक नेपाल लिमिटेडले एकैसाथ काठमाडौँमा तीनवटा नयाँ शाखाबाट कारोबार सञ्चालनमा ल्याएको छ । काठमाडौँको बागबजार, गौशाला र कोटेशवरमा नयाँ शाखाहरू विस्तार गरी सेवा सुरु गरेको मेगा बैंकका सूचना अधिकारी तुल्सरिाम पोखरेलले जानकारी दिए । 
    अत्याधुनिक बैंकिङ सेवालाई विस्तारलाई पनि प्राथमिकता दिँदै आएको छ । यो सँगै देशभर मेगा बैंकले २०७ शाखाबाट ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट