Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

उम्मेदवार छनोटमा जुटे दलहरु

उम्मेदवार छनोटमा जुटे दलहरु

  • काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्याग्दीमा दलहरु उम्मेदवार छनोटमा जुटेका छन् ।चुनावी प्रचारप्रसारकालागि घरदैलोमा पुग्न थालेका दलहरुले वडा र पालिकामा आफ्नो पार्टीबाट उम्मेदवार छलफलमा जुटेका छन् । नेपाली कांग्रेसले एकमहिने जागरण अभियान सञ्चालन गरेको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले टोल कमिटी गठन र घरदैलो अभियान सञ्चालन गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    राप्रपा र मङ्गोल नेशनल अर्गनाइजेशनले समेत उम्मेदवार छनोटको गृहकार्यमा जुटेका छन् । वडा र पालिकामा स्वतन्त्र उम्मेदवारहरुसमेत खुल्न थालेका छन् । थप वडा र पालिका जित्ने लक्ष्यसहित चुनावी अभियानसँगसँगै उम्मेदवार छनोटलाई समेत तीव्र पारिएको नेकपा माओवादी केन्द्र म्याग्दीका जिल्ला संयोजक रेशम जुग्जाली (सुविन)ले जानकारी दिए । जिल्ला संयोजक जुग्जाली मालिका गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा जुटेका छन् ।

    AGNI GROUP

    निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणानुसार म्याग्दीमा आगामी चुनावमा ४१ हजार ४१४ पुरुष, ४३ हजार ९६० महिला र एकजना तेस्रोलिङ्गी मतदाता रहेको छ । जिल्लाको ६ वटै स्थानीय तह र ४५ वटा वडामा जनप्रतिनिधि चुन्नका लागि मतदान गर्न ७४ मतदानस्थल र ११४ मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले अन्नपूर्ण गाउँपालिका-८ नागीको हिमाञ्चल मावि, बेनी नगरपालिका-५ चिप्लेटीको डिम्व आधारभूत र मङ्गला गाउँपालिका-१ भरजुलाको बालोदय आधारभूत विद्यालयमा मतदानस्थल थपिएको बताए ।पालिकाअन्तर्गत १७ मतदानस्थल र २८ वटा मतदान केन्द्र रहेको बेनी नगरपालिकामा २४ हजार ७११ मतदाता छन् ।

    १२ वटा मतदानस्थल र १६ वटा मतदान केन्द रहेको धवलागिरि गाउँपालिकामा १० हजार ९४० जना मतदाता छन् । आठवटा मतदानस्थल र १७ वटा केन्द्र रहेको मङ्गलामा १३ हजार ४१६ मतदाता छन् । १४ वटा मतदानस्थल र १९ मतदान केन्द्र रहेको रघुगङ्गा गाउँपालिकामा १३ हजार ६४७ जना मतदाता छन् । नौवटा मतदानस्थलमा १७ वटा केन्द्र तोकिएको मालिकामा १३ हजार २०१ जना मतदाता रहेका छन् भने १४ मतदानस्थलमा १७ वटा केन्द्र तोकिएको अन्नपूर्ण गाउँपालिकामा १२ हजार २६ जना मतदाता कायम भएका छन् ।

    स्थानीय तहको निर्वाचनमा म्याग्दीमा २० राजनीतिक दलले भाग लिने भएका छन् । राष्ट्रिय मान्यता प्राप्त ६ वटा र मान्यता प्राप्त नभएका १४ वटा दल जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका छन् । स्थानीय तह निर्वाचनमा म्याग्दीमा राष्ट्रिय मान्यता प्राप्त ६ पार्टीमध्ये नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा ‘माओवादी केन्द्र’ र नेकपा ‘एकीकृत समाजवादी’ रहेका छन् । राष्ट्रिय मान्यता प्राप्त लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टीको प्रतिनिधि निर्वाचन कार्यालयमा सम्पर्कमा नआएको कार्यालयले जानकारी दिएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij