Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मेगा बैंकको कामु सिइओमा रविना नियुक्त

मेगा बैंकको कामु सिइओमा रविना नियुक्त

  • काठमाडौँ । मेगा बैंक नेपालको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा रविना देशराज श्रेष्ठ नियुक्त भएकी छन्। 

    onlinepatrika
    Arghakhachi

    नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई मेगा बैंक सञ्चालक समितिको २०७८ चैत ३० गते बसेको ३५५ औं बैठकले २०७९ वैशाख २ गतेदेखि लागू हुने गरी बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सिइओ)मा नियुक्त गरेको हो। 

    AGNI GROUP

    विगत ३१ वर्षदेखि नेपालको बैंकिङ सेवामा समर्पित श्रेष्ठ मेगा बैंकको स्थापनाकालदेखि नै उच्च व्यवस्थापन तहमा कार्यरत छिन्। 

    राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रबल जनसेवाश्री (चुतर्थ) बाट विभुषित श्रेष्ठले एसियास्तरीय ‘२१ सेञ्चुरी गोल्डेन फोनिक्स अवार्ड’ लगायत चार वटा अन्तर्राष्ट्रिय अवार्ड तथा बैंकिङ र सामाजिक क्षेत्रका थुप्रै पुरस्कार र सम्मान समेत पाइसकेकी छन्।

    चार वर्ष अघि मेगा बैंक नेपालको नेतृत्व सम्हालेकी अनुपमा खुञ्जेलीको सिइओको कार्यकाल २०७९ वैशाख १ गतेदेखि समाप्त भएकाले बैंककी नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो। उनले आफ्नो ३१ वर्ष बैंकिङ सेवामा बिताइन्। 
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट