Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । दक्षिण कोरियामा गत २४ घण्टा अर्थात बुधबार मध्यरातसम्म ९० हजार ८६७ कोरोनाका नयाँ सङ्क्रमित देखिएको छ।
गत २४ घण्टा अर्थात बुधबार मध्यरातसम्म कोरोना सङ्क्रमणको कारण थप १४७ मृत्यु भएको जनाइएको छ। यसैसँगै कोरोना सङ्क्रमणको कारण दक्षिण कोरियाका कुल मृतकको संख्या २१ हजार ६६७ पुगेको छ। कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या १ करोड ६६ लाख ७४ हजार ४५ पुगेको स्वास्थ्य अधिकारीहरूले बिहीबार जानकारी दिएका छन्।
साथै कोरोनाको कारण गम्भीर अवस्थामा रहेका संक्रमितको संख्या अघिल्लो दिनको तुलनामा ३८ जनाले बढेर ८४६ पुगेको समाचारमा जनाइएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij