Logo

Aug 22 2025 | २०८२, भदौ ६ गते

Aug 22 2025 | २०८२, भदौ ६ गते

क्रेडिट कार्डबाट नगद झिक्न र ट्रान्सफर गर्न नपाइने 

क्रेडिट कार्डबाट नगद झिक्न र ट्रान्सफर गर्न नपाइने 

  • काठमाडौं । क्रेडिट कार्डबाट नगद झिक्न र बैंक खातामा ट्रान्सफर गर्न नपाइने भएको छ । भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०७८ मा संशोधन / थप गर्दै नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।

    images
    images
    images

    भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन– २०७८ संशोधन माफर्त क्रेडिट कार्डको कारोबारमा थप कडाइ गरिएको छ । एकीकृत निर्देशनमा भनिएको छ, “सामान्यतया क्रेडिट कार्डबाट नगद कारोबार गर्न पाइने छैन । तर, अत्यावश्यक भएको अवस्थामा कार्डको स्वीकृत सीमाको १० प्रतिशतसम्म नगद झिक्न बाधा पुगेको मानिने छैन ।”

    images


    बैंकले क्रेडिट कार्डमार्फत् वालेटमा लोड गरिएको रकम वस्तु तथा सेवाको विद्यतीय भुक्तानीको लागि मात्र प्रयोग गर्नुपर्ने जनाएको छ । उक्त रकम बैंक खातामा ट्रान्सफर गर्न र नगद झिक्न नमिल्ने व्यवस्था गर्न भुक्तानी सेवा प्रदायक संस्थालाई निर्देशन दिइएको छ ।

    यसैगरी बैंकले विद्युतीय वालेटमा ग्राहकको खाता खोल्दा तथा ग्राहक पहिचान विवरण अद्यावधिक गर्दा ‘पेश गरेको विवरण ठिक साँचो रहेको तथा सो विवरण झुटो ठहरिएमा कानुन बमोजिम सहुँला/बुझाउँला’ भन्ने व्यहोराको विद्युतीय रुपमा स्वःघोषणा गर्न लगाउनुपर्ने व्यवस्था पनि गरेको जनाएको छ । । 

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij