Logo

Aug 22 2025 | २०८२, भदौ ६ गते

Aug 22 2025 | २०८२, भदौ ६ गते

नयाँ संसद भवनको कन्फ्रेन्सिङ सिस्टमको परीक्षण र डेमो प्रदर्शन

नयाँ संसद भवनको कन्फ्रेन्सिङ सिस्टमको परीक्षण र डेमो प्रदर्शन

  • काठमाडौं । नयाँ संसद भवनको कन्फ्रेन्सिङ सिस्टमबारे आज परीक्षण गर्दै डेमो प्रदर्शन गरिएको छ । सिंहदरबारभित्रै बनिरहेको संसद भवनमा आधुनिक प्रणाली जडान गरिँदैछ ।

    images
    images
    images

    विभिन्न देशमा प्रयोग भएको अत्याधुनिक प्रणाली नै नेपालको संसदमा प्रयोग गरिएको सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले जानकारी दिनुभयो ।

    images

    ‘नयाँ संसद भवनमा प्रविधिको बारेमा आज उपप्रधानमनत्री एवम् शहरी विकास मन्त्रीज्यूलाई ब्रिफिङ गरिउको छ । संसद भवनमा राखिएको कन्फ्रेन्सिङ सिस्टमले कसरी काम गर्छ ? परीक्षण पनि गरियो,’ सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले जानकारी दिए ।

    उनका अनुसार प्रतिनिधिसभामा ३५४ वटा र राष्ट्रिय सभामा ९४ वटा डिभाइस हरेक टेबलमा जडान हुनेछ । नयाँ संसद भवनमा जडान हुने प्रविधि अहिलेको संसद भवनको भन्दा आधुनिक हुनेछ । जसमा आफ्नो कुर्सीमा जडित डिभाइसबाट मतविभाजनका क्रममा मत दिन सकिने, संसदमा प्रस्तुत विधेयक र अन्य डकुमेन्ट सिधै डिभाइसमा हेर्न मिल्नेछ भने संसदको क्यामेरा सिस्टम पनि डिभाइसमा आधारित हुनेछ ।

    संसद भवनको निर्माण कार्यसँगै संसदभित्रको प्राविधिक पक्ष उन्नत बनाउनुपर्ने उपप्रधानमन्त्री सिंहले जोड् दिएका छन् । नयाँ प्रविधिले संसदको कामकारवाहीलाई सहज र प्रभावकारी बनाउने विश्वास गरिएको छ ।

    images

    नयाँ संसद भवनको कन्फ्रेन्सिङ सिस्टमबारे उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहसहित संघीय संसदका महासचिव, सचिव, सचिवालयका प्रतिनिधिहरुबिच नयाँ प्रणालीले कसरी काम गर्छ परीक्षण गरेर देखाइएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij