Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेपालले दियो जिम्बावे ए लाई १३७ रनको लक्ष्य

नेपालले दियो जिम्बावे ए लाई १३७ रनको लक्ष्य

  • काठमाडौँ । नेपाल र जिम्बावे ए बीच जारी एकदिवसीय खेलमा नेपाल खराव ब्याटिङको सिकार भएको छ। टियु मैदान कीर्तिपुरमा जिम्बावेविरुद्व पहिलो ब्याटिङ गरेको नेपाल १ सय ३६ रनमा अलआउट भएपछि जिम्बावेले सहज लक्ष्य पाएको हो।

    onlinepatrika
    Arghakhachi

    टस हारेर पहिलो ब्याटिङ गरेको नेपालका लागि सोमपाल कामीले ३० रन बनाउनु सर्वाधिक रह्यो। उनीबाहेक थप दोहोरो स्कोरका रुपमा करण केसीले २५ रन बनाए भने ओपनर कुशल भुर्तेलले १९ र दिपेन्द्र सिंह ऐरीले १८ रन बनाए।

    AGNI GROUP

    नेपाललाई सस्तैमा समेट्ने क्रममा ब्राड एभान्सले ४ विकेट लिंदा भिक्टर न्याउची, ब्रान्डन मभुट र चेफास जुवाओले समान २-२ विकेट लिए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij