Jun 06 2026 | २०८३, जेठ २३ गते
जनकपुरधाम ।नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।धनुषाको कमला नगरपालिकामा समाजवादी पार्टी नेता रामचन्द्र झाले तानाशाही प्रवृत्ति देखाएको भन्दै नेकपा एमालेमा प्रवेश गरेको उनीहरुले बताएका छन् । कपिलदेव बनरैत, जेबिन्दर यादव, श्यामसुन्दर यादव, रामनारायण यादव, जगदीश मुखियासहितका नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
कपिलदेवका अनुसार झण्डै डेढ सय जना नेकपा एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई एमालेका प्रदेश सदस्य सुकदेव यादव, एमाले मेयरका उम्मेदबार दीपेन्द्र यादवसहितकाले स्वागत गरेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij