Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सयौं महिलालाई स्पाई–क्यामेरासहितको ऐना बच्ने झाङ पक्राउ

सयौं महिलालाई स्पाई–क्यामेरासहितको ऐना बच्ने झाङ पक्राउ

  • काठमाडौं। चीनमा सयौं महिलाहरुलाई स्पाई-क्यामेरा जडान गरिएको ऐना गिफ्ट दिएको र बेचेको अभियोगमा झाङ थर भएका एक व्यक्ति गिरफ्तारमा परेका छन्।

    onlinepatrika
    Arghakhachi

    भर्खरका युवतीलाई झाङले स्पाई -क्यामेरासहितको ऐना उपहारमा दिने गर्दथे भने त्यस्ता ऐना बेच्ने पनि गरेका थिए। एससीएमपीका अनुसार ग्वाङदोङ प्रान्तका उनलाई प्रहरीले गिरफ्तार गरेर महिलाको नग्न फोटो र भिडिओ खिचेको आरोपमा अनुसन्धान गरिरहेको छ।

    AGNI GROUP

    ती व्यक्तिले त्यस्ता स्पाई क्यामेरासहितको सामग्री हालसम्म २१० वटाभन्दा बढी बेचिसकेको जनाइएको छ।एक महिला लाइभ स्ट्रिमर लिलाई झाङले चिटिक्कको ऐना उपहारमा दिएका थिए। उनले लिलाई नग्न हुँदा सो ऐना हेर्नुपर्ने बताएपछि लिले शंका लागेर ऐनामा खोजतलासी गरेका थिए।

    सो ऐनाभित्र चारवटा क्यामेरा र ३२ जिबीको मेमोरी कार्ड भेटिएको बताइएको छ। सो मेमोरी कार्ड २०१९ मा बनेको थियो। लिका अनुसार झाङले आफूजस्ता सयौं महिलालाई त्यस्तो ऐना बेचेर अथवा उपहार दिएको नग्न फोटो र भिडिओ खिचेको हुनसक्ने बताएकी छिन्। एससीएमपी

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij