
May 04 2025 | २०८२, वैशाख २१ गते
काठमाडौँ । लगातार ओरालो लाग्दै आएको सेयर बजारमा आज भने दोहोरो अंले बढेर हरियाली छाएको छ । नेप्से आज ३७.४९ अंले बढेर एक हजार नौ सय २२ दशमलव ३० विन्दुमा पुगेको हो ।
मंगलबार क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ८.१८ अंकले बढ्दै ३७४.३७ अंकमा पुगेको नेप्सेले जनाएको छ ।
आज १३ वटै उपसूचक धनात्मक हुँदै बजार नै हरियाली बनेको छ । सबैभन्दा बढी विकास बैंक समूहको ३.८९ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको उपसूचक ३.२९ प्रतिशतले र म्युचुअल फन्ड ३।०९ प्रतिशतले बढेको छ ।
यस्तै, ट्रेडिङ समूहको उपसूचक २.९९ प्रतिशतले, हाइड्रोपावर समूह २.७७ प्रतिशतले, इन्भेष्टमेन्ट समूह २.३४ प्रतिशतले, माइक्रोफाइनान्स समूह २.१७ प्रतिशतले, जीवन बीमा समूह २.२९ प्रतिशतले र होटल तथा पर्यटन समूह २.२२ प्रतिशतले बढेको छ ।
अन्य उपसूचकहरु २ प्रतिशत भन्दा कमले बढेका छन् । ३७ अंकमाथिले बढेको बजारमा आज कारोबार भने १ अर्ब २३ करोड ८५ लाख रुपैयाँ बराबरको भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij