Logo

May 05 2025 | २०८२, वैशाख २२ गते

May 05 2025 | २०८२, वैशाख २२ गते

भारतीय पर्यटक लिएर ‘भारत गौरव पर्यटक रेल’, बिहीबार नेपाल आउँदै

भारतीय पर्यटक लिएर ‘भारत गौरव पर्यटक रेल’, बिहीबार नेपाल आउँदै

  • जनकपुर । भारतको राजधानी नयाँदिल्लीबाट  भारतीय पर्यटक बोकेर ‘भारत गौरव पर्यटक रेल’ यही असार ९ गते (बिहीबार) जनकपुरधाम आउने भएको छ । 

    images
    images
    images

    नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झालेका अनुसार भारतको राजधानी नयाँदिल्लीबाट मङ्गलबार साँझ छुटेको उक्त रेल बिहीबार जनकपुरधाम आइपुग्ने छ ।

    भारतीय राजदूतावासको समन्वयमाआउन लागेको उक्त रेल’मा करिब ५०० भारतीय पर्यटक आउने र उनीहरुले जनकपुरधामका विभिन्न धार्मिकस्थलको भ्रमण गर्ने जनाइएको छ । 

    भारतीय राजदूतावासका अनुसार सो रेलको प्रत्येक डिब्बामा भारतीय स्मारक, नृत्य, परिकार, पोशाक, पर्व, वनस्पति तथा जीवजन्तु, योग, लोककलाजस्ता भारतको कला, संस्कृति, परम्परा, सम्पदालगायत झल्को देख्न पाइने छ । 

    रामायण सर्किटमा सञ्चालन हुने उक्त रेलले भारतको अयोध्या, नन्दीग्राम, सीतामढी, वनारस, प्रयागराज, चित्रकुट, पञ्चवटी, नासिक, हम्पी, रामेश्वरम र भद्राचलम धार्मिक गन्तव्यका साथै नेपालको जनकपुरस्थित धार्मिक क्षेत्रलाई जोड्ने जनाइएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij