Jun 04 2026 | २०८३, जेठ २१ गते
भारतमा २४ घण्टाको समयावधिमा १८ हजार २५७ कोरोना संक्रमित थपिएका छन्। हाल भारतमा एक लाख २८ हजार ६९० सक्रिय संक्रमित रहेका छन्। यो संख्या कूल संक्रमितको ०.३० प्रतिशत हो। करिब चार महिनापछि १० दिनयता सक्रिय संक्रमितको संख्या एक लाखभन्दा बढी भएको हो।
हाल भारतमा कोरोनाका कूल संक्रमितको संख्या चार करोड ३६ लाख भन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ। पछिल्लो एक दिनमा १४ हजार ५५३ कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन्।
२४ घण्टाको समयावधिमा कोरोना संक्रमणमा ४२ को मृत्यु भएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij