Logo

May 05 2025 | २०८२, वैशाख २२ गते

May 05 2025 | २०८२, वैशाख २२ गते

दुई लाख रुपैयाँ लुटेर फरार दुई युवक पक्राउ

दुई लाख रुपैयाँ लुटेर फरार दुई युवक पक्राउ

  • काठमाडौँ । जनकपुरधाममा एक महिलाको दुई लाख रुपैयाँ लुटेर फरार दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको  लक्ष्मीनियाँ गाउँपालिका-७ का २० वर्षीय जितेन्द्र प्रसाद साह र २१ वर्षीय दिपेन्द्र मण्डल रहेको धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए । 

    images
    images
    images

    उनका अनुसार गत सोमबार विदेशबाट श्रीमानले पठाएको दुई लाख रुपैयाँ मिल्स एरियास्थित एभरेष्ट बैँकबाट झिकेर गइरहेकी सबैला नगरपालिका-४  कि शर्मिला देवीको रकम लुटेर ती युवकहरू फरार भएका थिए । शर्मिला देवी प्लाष्टिकको झोलामा मोबाइल र पैसा लिएर गइरहेको अवस्थामा मोटरसाइकल चढेर आएका ती युवकहरू रकमसहित झोला लुटेर फरार भएका थिए । 


    घटनापश्चात प्रहरीले तत्काल अनुसन्धान थालेको थियो। प्रहरीले जितेन्द्रको साथबाट लुटिएको मोबाइल र ५४ हजार नगद तथा दिपेन्द्रको साथबाट ७८ हजार रुपैयाँ बरामद गरेको उनले बतए । 

    धनुषा प्रहरीले दुवैजनालाई मोबाईल र रुपैयाँसहित लुटमा प्रयोग भएको प्रदेश २–०२–००५ प ००८५ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक रजौरेले जानकारी दिए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij