Jun 05 2026 | २०८३, जेठ २२ गते
स्पेनिस क्लब रियल मड्रिडले यूईएफए सुपर कपको उपाधि जितेको छ। फिनल्याण्डस्थित हेल्सिन्की स्टेडियममा सम्पन्न खेलमा च्याम्पियन्स लिगको विजेता रियल मड्रिडले युरोपा लिगको विजेता जर्मन क्लब फ्रान्कफर्टलाई हराउँदै सुपर कपको उपाधिक जितेको हो।
खेलको ३७ औँ मिनेटमा कासेमिरोको पासमा डेभिड अल्बाले गोल गर्दै मड्रिडलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा करिम बेन्जेमाले अर्को गोल थपे। उनले खेलको ६५ औँ मिनेटमा भिनिसियस जुनियरको पासमा गोल गरेका थिए।
यो सँगै रियल मड्रिडले पाँचौ पटक सुपर कपको उपाधि जितेको छ। साथै मड्रिडका करिम बेन्जेमाले बालोन डि ओर जित्ने सम्भावना पनि बलियो बनाएका छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij