Jun 04 2026 | २०८३, जेठ २१ गते
पाकिस्तानको आधाभन्दा धेरै भाग अहिले बाढीको चपेटामा परेको छ। पाकिस्तानी सञ्चारमाध्यमहरुका अनुसार बाढीको कारण अहिलेसम्म तीन सय बालबालिकासहित एक हजारभन्दा धेरैको मृत्यु भएको छ। सरकारी तथ्यांक उल्लेख गर्दै डान अखबारले तीन करोड ३० लाखभन्दा धेरै मानिस बाढीको कारण प्रभावित भएको उल्लेख गरेको छ।
सिन्ध, बलुचिस्तान र खैबर पख्तुनख्वाहमा बाढीको असर सबैभन्दा धेरै देखिएको छ। अहिलेसम्म सिन्धमा सबैभन्दा धेरै ३३९ जनाको मृत्यु भएको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले बाढी प्रभावित सिन्धको भ्रमण गरेका छन् र त्यहाँका मानिसहरुको सहयोगका लागि ३८ अर्ब पाकिस्तानी रुपैयाँ सहयोगको घोषणा गरेका छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij