Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

डेङ्गु नियन्त्रणका लागि घरदैलो अभियान

डेङ्गु नियन्त्रणका लागि घरदैलो अभियान

  • काठमाडौँ । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले डेङ्गु नियन्त्रणका लागि घरदैलो अभियान सञ्चालन गर्ने भएको छ । उपमहानगरपालिकाका विभिन्न वडामा डेङ्गु सङ्क्रमण बढ्दै गए पछि घरदैलो अभियान थाल्ने तयारी छ ।  

    onlinepatrika
    Arghakhachi

    हेटौँडा–४, ५, १० र ११ मा केही सातादेखि फैलिएको डेङ्गु सङ्क्रमण अझै नियन्त्रणमा आउन सकेको छैन । ती चारवटै वडामा बिहीबार अपराह्नसम्म पाँच सय ३५ जनामा डेङ्गु फेला परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यसैगरी मनहरि गाउँपालिका–२, ४, ५ र ६ मा ९५ डेङ्गुका बिरामी फेला परेको कार्यालयले जनाएको छ । 

    AGNI GROUP

    मकवानपुरमा सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिका क्षेत्रमा करिब तीन सातादेखि फैलिएको प्रकोपलाई नियन्त्रण गर्न विभिन्न विधि अपनाएको भए पनि अझै नियन्त्रणमा आउन नसकिएकाले भदौ १९ देखि हेटौँडा उपमहानगरपालिकाका १९ वटै वडा र मनहरिका विभिन्न वडामा जिल्ला स्वास्थ्य कार्यालयले घरदैलो अभियान सञ्चालन गर्न लागेको वरिष्ठ जनस्वास्थ्य अधिकृत दीपक तिवारीले बताए । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij