Logo

May 05 2025 | २०८२, वैशाख २२ गते

May 05 2025 | २०८२, वैशाख २२ गते

टिकटक बन्द गर्न माग गर्दै सडकमा उत्रिए युवा

टिकटक बन्द गर्न माग गर्दै सडकमा उत्रिए युवा

  • काठमाडौँ । नेपालमा टिकटक एप बन्द गर्नुपर्ने माग राखेर युवाहरुले आज जनकपुरधाममा प्रदर्शन गरेका छन् ।

    images
    images
    images

    जनकपुरधामको विभिन्न भागमा प्रदर्शनपछि युवाहरुको समूह मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापन पत्र बुझाउन मधेस भवन पुगेका थिए ।

    कला प्रदर्शनीको बहानामा अश्लीलता, अभद्रता फैलिने क्रियाकलाप दिनानुदिन बढ्दै गइरहेको हुनाले नेपालमा टिकटकलाई प्रतिबन्ध लगाउनुपर्ने मुख्यमंत्री राउतलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।

    टिकटक बन्द गराउन युवाहरुले बनाएको संघर्ष समितिको केन्द्रीय संयोजक सुमन चौधरी हुन् । यसअघि समितिले विभिन्न जिल्लाका सिडिओमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए ।

    तर टिकटक बन्द गर्न सरकारले चासो नदेखाएको भन्दै दोस्रो चरणको आन्दोलन सुरु गरेको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij