Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

श्रेष्ठले जितिन् मिस ग्राण्ड नेपाल २०२२ को उपाधि

श्रेष्ठले जितिन् मिस ग्राण्ड नेपाल २०२२ को उपाधि

  • काठमाडौं । । ऐश्वर्य श्रेष्ठले मिस ग्राण्ड नेपाल २०२२ को उपाधि जित्न सफल भएकी छन् । कस्मो इभेन्ट्स र बोली क्लब ग्रुपले संयुक्त आयोजना गरेको प्रतियोगितामा १४ जनालाई उछिन्दै श्रेष्ठले उपाधि जित्न सफल भएकी हुन् । प्रतियोगितामा फस्ट रन्नर अप बर्षा भण्डारी र सेकन्ड रन्नर अप रक्षा उप्रेती भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    श्रेष्ठले मिस ग्राण्ड नेपालको ताज सँगै नगद रु. ६ लाख रुपैया पुरस्कार पाएकी छन् । यसका साथै श्रेष्ठ इन्डोनेसियाको बालीमा हुने ‘मिस ग्राण्ड इन्टरनेशनल २०२२’ मा नेपालबाट सहभागीता जनाउनेछिन् ।

    AGNI GROUP

    मिस ग्राण्ड नेपाल २०२२ को निर्णायक मण्डलमा अभिनेता अनुपविक्रम शाही (र्‍यापार), आशिष राना (लाहुरे), मिस नेपाल अर्थ २०१८ की प्रिया सिग्देल, समाजसेवी छिरिङ्ग वाङ्डी, सौन्दर्य प्रतियोगिता संघ नेपालका महासचिव निशु झा, मिस ग्राण्ड नेपालका नेसनल डाइरेक्टर सुरेश तामाङ रहेका थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट