Jun 04 2026 | २०८३, जेठ २१ गते
भारत उत्तर प्रदेशको लखनउमा पर्खाल भत्किँदा ९ जनाको मृत्यु भएको छ। लगातारको वर्षाका कारण मक्किएर कमजोर बनेको पर्खाल भत्किएको र त्यसले थिचिएर मानवीय क्षति भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
उत्तर प्रदेशको दिलकुशा क्षेत्रमा भएको घटनापछि उद्धार जारी छ। मुख्यमन्त्री योगी आदित्यनाथले मृतकका परिवारलाई चार लाख रुपैयाँ राहत प्रदान गर्ने घोषणा गरेका छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij