Jun 10 2026 | २०८३, जेठ २७ गते
काठमाडौँ । चाडपर्वको बेला दुर्घटना कम गर्ने उदेश्यसहित बागमती प्रदेशका प्रमुख राजमार्गहरुमा टाइम कार्ड लागु गरिएको छ ।
चाडपर्वका बेला सडकमा सवारी साधनको अत्याधिक चाप बढ्ने, तीव्र गतिमा सवारी साधन चलाउने तथा सवारी नियमको उलंघन समेत बढ्न गई दुर्घटनाको जोखिम बढ्न सक्ने सम्भावना भएकाले प्रमुख राजमार्गहरुमा टाइम कार्ड लागु गरिएको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
प्रहरी वरिष्ठ उपरीक्षकका अनुसार मकवानपुर, चितवन, धादिङ र काभ्रे जिल्लाका प्रमुख राजमार्गमा जिल्ला सुरक्षा समितिद्धारा निर्णय गराई आजदेखि नियम लागु गरिएको जनाएको छ ।
त्यस्तै मुग्लिङ नारायणगढ खण्ड, पूर्व पश्चिम राजमार्गको चुरियामाई हेटौंडादेखि चितवनसम्म, पृथ्वी राजमार्गको खानीखोला धादिङदेखि मझिमटारसम्म, अरनिको राजमार्गको धुलिखेल दोलालघाटसम्म र विपि राजमार्गको मंगलटारदेखि काभ्रेमञ्ज्याङ सम्म पनि टाइम कार्ड लागु गरिएको छ ।
टाइम कार्ड लागु गरिएका राजमार्गमा निश्चित दुरी र समय मिलाई सवारी आवागमनको व्यवस्था मिलाइएको प्रहरीले जानकारी दिएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij