Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडाैं । अभिनेता प्रदीप खड्काले चुनावसम्बन्धी कविता लेखेका छन्। उनले कवितामा आफ्नो मत खेर जाने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन्।
हाम्रो भोट्
स्वतन्त्र उठ्ने सागरज्!
कि स्वतन्त्र पार्टीको रवि दाइ?
अपरिहार्य तिनको नियत
कि आंकल्ने तिनको छविलाई?
चाहे राजेन्द्र, मिश्र सर वा दिज्यू कुन्ती शाही,
विनोद सर अनि किन नहोस् गगन दाइ!
प्रधानमन्त्रीज्यू, शेर बा। देउवा
कमरेड प्रचण्ड वा हाम्रा केपी बा!
नयाँ पुस्ता आउँदा कि पुराना कोही डग्मगाउँदा
मेरो अपिल! केवल एउटा
गर्न नसक्ने कोही छैनन्
गर्न खोज्ने चैँर?
हाम्रो भोट र देशको स्रोत
खेर त जाँदैन कतैर?
जसलाई मत दिए नि
रहोस् उद्देश्य एउटै
स्थायित्व, शान्ति र समृद्धि,
देख्न पाइयोस् छिट्टै।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij