Jun 04 2026 | २०८३, जेठ २१ गते
ट्विटरले तत्कालै कार्यान्वयनमा आउने गरी केही समयका लागि आफ्ना कार्यालय बन्द गर्ने जानकारी कर्मचारीलाई दिएका छन् । बीबीसीले ट्वीटरबाट पठाएको यो सन्देश हेरेको बताएको छ जसमा २१ नोभेम्बरबाट कार्यालयहरू पुनः खोल्ने जानकारी दिइएको छ ।
यद्यपी कम्पनीले किन यस्तो कदम चालेको हो भन्ने अहिलेसम्म खुलाएको छैन । तर यो सूचना ती खबरबीच आएको हो जसमा ट्विटरका थुप्रै कर्मचारीले जागिर छोड्ने तयारी गरिरहेका छन् ।
ट्विटरका कर्मचारीहरूले यस्तो निर्णय एलन मस्कको इमेल सन्देशपछि लिइरहेका छन् जसमा कर्मचारीहरूलाई कि त लामो समयसम्म कडा परिश्रम गर्न वा जागिर छोड्न भनिएको थियो ।
यो सन्देशमा यस्तो पनि लेखिएको छ – कृपया कम्पनीको नीति पालना गर्दै सोसल मिडिया, मिडिया वा कोही अन्यसँग कम्पनीको गोप्य जानकारीबारे कुराकानी गर्नबाट बच्नुहोस् ।’
बीबीसीले यस विषयमा ट्विटरसँग टिप्पणी मागेको तर ट्विटरले यो अनुरोध स्वीकार नगरेको जानकारी दिएको छ । एलन मस्कले यस हप्ता ट्विटरका कर्मचारीहरूलाई उनीहरूले लामो समयसम्म कडा परिश्रम गर्न वा कम्पनी छाड्न प्रतिबद्ध हुनुपर्ने बताए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij