Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नोट छपाइका लागि भारतीय कम्पनीलाई ठेक्का

नोट छपाइका लागि भारतीय कम्पनीलाई ठेक्का

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक हजार दरका ४३ करोड थान बैंक नोट छाप्ने जिम्मा भारतीय सरकारी कम्पनीलाई दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    नोट छपाइका लागि भारत सरकारको स्वामित्व रहेको भारत प्रतिभूति मुद्रण तथा मुद्रा निर्माण निगम लिमिटेड (सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन अफ इन्डिया लिमिटेड) लाई ठेक्का दिन लागिएको हो ।

    AGNI GROUP

    उक्त ठेक्का सम्झौता गर्नेसम्बन्धी आशयपत्र राष्ट्र बैंकले जारी गरेको छ । गत सेप्टेम्बरमा अन्तर्राष्ट्रिय बोलकबोल प्रतिस्पर्धाबाट कम्पनी छनोटका लागि नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले ठेक्का प्रस्ताव आह्वान गरेको थियो ।

    जसमा ब्राजिल, चीन र फ्रान्सका कम्पनीले पनि प्रस्ताव हालेकामध्ये आर्थिक र प्राविधिकरूपमा उपयुक्त रहेको भन्दै भारतीय कम्पनी छनोटमा परेको हो । भारतीय कम्पनीले नै नोटको डिजाइन, छपाइ र ढुवानीको काम गर्नेछ ।

    जसबापत भारतीय कम्पनीले एक करोड ११ लाख ३४ हजार पाँच सय छ अमेरिकी डलर (बुधबारको विदेशी विनिमय दरअनुसार रु एक अर्ब ४५ करोड ८६ लाख २० हजार) बराबर कबोलेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij