Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडले थप दुई वटा शाखा कार्यालयहरु तथा एउटा एक्सटेन्सन् काउण्टरको उद्घाटन गरेको छ ।
नयाँ खोलिएका शाखाहरुमा ८७औँ शाखाको रुपमा ललितपुर जिल्ला, महालक्ष्मी नगरपालिका वडा नं. ०१ स्थित इमाडोल शाखा, ८८औँ शाखाको रुपमा भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं. १० स्थित कमलबिनायक शाखा र एक्सटेन्सन् काउण्टरको रुपमा ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नं. ०५ स्थित लेले एक्सटेन्सन् काउण्टर रहेको छ ।
यस विकास बैंकको इमाडोल शाखाको उद्घाटन विकास बैंकका सञ्चालक समितिका अध्यक्ष प्रविण कृष्ण श्रेष्ठ र महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोबिन्द श्रेष्ठले संयुक्त रुपमा गरेका थिए ।
त्यसैगरी, कमलबिनायक शाखाको उद्घाटन बैंकका सञ्चालक चिन्तामणि भट्टराई र भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले संयुक्त रुपमा गरेका थिए ।
साथै, लेले एक्सटेन्सन् काउण्टरको उद्घाटन विकास बैंकका सञ्चालक प्रतापकुमार आचार्य र गोदावरी नगरपालिका वडा नं. ०५ वडा अध्यक्ष मिलन सिलवालले संयुक्त रुपमा गरेका थिए ।
देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको आज थप दुई नयाँ शाखाहरु तथा पहिलो एक्सटेन्सन् काउण्टरको उद्घाटन भएसंगै बैंकको विभिन्न स्थानहरुमा गरी जम्मा ८८ वटा शाखा कार्यालयहरु र १ वटा एक्सटेन्सन काउण्टर स्थापना भएको छ ।
यस लुम्बिनी विकास बैंक लिमिटेडले ुनिरन्तर सहयात्राु भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij