Jun 06 2026 | २०८३, जेठ २३ गते
ललितपुर । ललितपुर उद्योग वाणिज्य संघले वार्षिक रुपमा सरकारी विद्यालयका जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरीएको छ । ललितपुर उद्योग वाणिज्य संघका निवर्तमान.अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य श्री कृष्ण लाल महर्जन प्रदान गरेको हो ।
महर्जनले छात्रवृत्ति पाउने विद्यार्थीहरुलाई शुभ-कामना दिदैं आगामी दिनमा अझैं आफ्नो प्रतिभाको प्रस्फुटन गरि सुयोग्य नागरिक बन्नुपर्ने बताउनुभयो ।
यसै क्रममा व्यावसायिक उत्तरदायित्व तथा छात्रवृत्ति समितिका संयोजक एवं का.स.सदस्य श्री शर्मिला श्रेष्ठ (जोशी)ले पुरस्कृत विद्यार्थीहरुले यसलाई उत्प्रेरणाको श्रोतमा ग्रहण गरि भविष्यमा आफ्नो शैक्षिक स्तर अझ उकास्नु पर्ने बताउनुभयो ।
यस छात्रवृत्ति श्री बाघभैरव मा.वि., महांकाल - ४, कालेश्वर, श्री महालक्ष्मी मा.वि., लुभू,
श्री शान्ति मा.वि., लोंल, श्री सिद्धिमंगल मा.वि., सिद्धिपुर, श्री चण्डी देवी आधारभूत विद्यालय, गोदावरी, श्री चुनिदेवी शिक्षा मन्दिर आधारभूत विद्यालय., चुनिखेल, मदन स्मारक मा.वि., पुल्चोक, श्री
महेन्द्र आदर्श मा.वि., इमाडोल, श्री छम्पीदेवी मा.वि., छम्पी, यशोधरा बौद्ध मा.वि., थैना, श्री हरिसिद्धि
मा.वि., हरिसिद्धि, श्री जलपा मा.वि., धापाखेलका छात्रछात्राहरु गरी जम्मा १८ जना विद्यार्थीहरुलाई र
आदर्श कन्या क्याम्पस, मंगलबजार वि.वि.एस. प्रथम वर्षमा अध्ययनरत २ विद्याथीलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij