
May 20 2025 | २०८२, जेठ ६ गते
काठमाडौं । कैलालीमा टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको गोदावरी नगरपालिका–६ लालपुरमा बुधबार बिहान सुदूरपश्चिम प्र ०१००१ क २०२० नम्बरको टिप्परले सुदूरपश्चिम प्र ०१००१ ह ४९१८ को अटोलाई ठक्कर दिंदा सोही नगरपालिका ७ का ४ वर्षीय बालक भरत ठकुल्लाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार ठकुल्लाको उपचारका क्रममा आज बिहान सेती प्रादेशिक अस्पतालमा निधन भएको हो । दुर्घटनामा उनकी आमा सख्त घाइते भएकी छिन् । उनको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ । अटो चालक २८ वर्षीय मोहन बोहरा सामान्य घाइते छन् ।
टिपर चालक धनगढी उपमहानगरपालिका–७ बस्ने ४२ वर्षीय प्रदीप चौधरीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ ।
घटनाको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग राजमार्ग अवरुद्ध गरेपछि सवारीसाधन चल्न सकेका छैनन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij