Jun 05 2026 | २०८३, जेठ २२ गते
ललितपुर । ललितपुरमा एक पुरूष मृत फेला परेका छन्। बिहीबार बिहान सवा ११ बजे ललितपुर महानगरपालिका-२ सानेपाबाट कुलेश्वर जोड्ने नयाँ पुलमुनी एक पुरूष मृत फेला परेका हुन्।
अन्दाजी ४०(४५ वर्षीय पुरूष झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रविण पोखरेलले जानकारी दिए।
ती पुरूष बागमती करिडोरको फुटपाथमा रहेको वालसहितको रेलिङमा झुन्डिएको अवस्थामा फेला परेका हुन्। उनको सनाखत हुन बाँकी नै रहेको एसपी पोखरेलले बताए।
प्रहरीले मुचुल्का उठाएर शवको पोष्टमर्टम गर्न पाटन अस्पतालमा पठाएको र घटनाको थप अनुसन्धान गरिरहेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij