Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

 ग्लोबल आइएमई बैंक लिमिटेड १४ औँ वर्षमा प्रवेश गरेको छ। 

 ग्लोबल आइएमई बैंक लिमिटेड १४ औँ वर्षमा प्रवेश गरेको छ। 

  • काठमाडौँ– ग्लोबल आइएमई बैंक लिमिटेड शनिबारदेखि आफ्नो स्थापनाको १४ औँ वर्षमा प्रवेश गरेको छ। स्थापनाको छोटो अवधिमा नै बैंक पूँजी, व्यवसाय, शाखा–सञ्जाल समेतका हिसाबले मजबुत बनेको बैंकको बनेको छ।बैंकको १४ औँ वार्षिकका अवसरमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले मर्जरपछि ग्राहकलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ्ग सेवा प्रदान गर्न अझ सहज भएको कुरालाई जोड दिँदै मर्जर तथा प्राप्तिमा ग्लोबल आइएमई बैंकसँग लामो अनुभव भएको बताए। बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले विभिन्न मर्जर तथा एक्विजिशनपछि अहिले ग्लोबल आइएमई बैंक मुलुककै एक उत्कृष्ट, सबल र मजबुद बैंक बनेको दावी गरे।

    onlinepatrika
    Arghakhachi

    बैंकले ७ वटै प्रदेश तथा ७३ जिल्लामा बैंकको २६४ शाखा, २४० एटीएम, २४३ शाखारहित बैंकिङ्ग सेवा, २४ एक्सटेन्सन काउण्टर, १ सिडीएस क्लियरिङ काउण्टरसहित, २३ राजश्व कलेक्सन काउण्टर, तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ७ सय ९७ सेवा केन्द्रबाट प्रदान गरिरहेको जनाएको छ।

    AGNI GROUP

    हाल चुक्ता पुँजी करिब १९ अर्ब रुपैयाँ र संचित कोष गरी प्राथमिक पूँजी २७ अर्ब २४ करोड रुपैयाँ, कुल निक्षेप २ खर्ब ४९ अर्ब रुपैयाँ र कुल कर्जा २ खर्ब ११ अर्ब रुपैयाँभन्दा बढी पुग्ने बैंकले जानकारी दिएको छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट