
Aug 15 2025 | २०८२, साउन ३० गते
काठमाडौं । निर्वाचन आयोगले अभियोग लागेका व्यक्ति उम्मेदवार बन्न कानुन ल्याउने तयारी गरेको छ । आयोगले तयार पारेको निर्वाचन व्यवस्थापन तथा संचालनसम्बन्धी एकीकृत विधेयकको मस्यौदामा कुनै पनि कसुरमा अभियोग लागेका व्यक्ति उम्मेदवार बन्न नपाउने व्यवस्था छ । आयोगले चालु अधिवेशनमै संसद् पु¥याउने गरी विधेयककोे तयारी गरिरहेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले अभियुक्त उम्मेदवार बन्ने बाटो बन्द गर्न लागिएको बताए । माननीयहरु निलम्बनमा पर्दा पदमुक्त हुँदा 'आयोग पहिला के हेरेर बसेको ?' भनेर धेरै प्रश्न उठ्यो र हालको निर्वाचन कानुनमै अभियोग लागेका व्यक्तिले उम्मेदवार बन्न पाउने व्यवस्था छ । अब यसलाई सुधार गरेर चुनावै लड्न नपाउने कानुन ल्याउँदैं छौं । उनले भने । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ ले जुनसुकै अभियोग लागेका व्यक्तिले उम्मेदवार बन्न पाउने अधिकार दिएको छ ।
साथै उम्मेदवार हुन निर्धारित मापदण्डबारे स्वघोषणा गरे पुग्ने व्यवस्था छ । यो व्यवस्थाको फाइदा उठाउँदै अभियुक्तहरु राजनितीमा प्रवेश गरेर उम्मेदवार बन्ने र चुृनाव जित्ने सांसद बनेपछि निलम्बनमा पर्ने प्रवृति देखिएको छ । यसले सम्बन्धित क्षेत्रका जनता जनप्रतिनिधिविहिन बन्ने, सदनमा प्रतिनिधित्व नहुने र रिक्तताको अवस्था सिर्जना हुँदा त्यस क्षेत्रका जनजीविकाका सवाल र कानुन निर्माणमा पनि प्रतिनिधित्व नहुने समस्या देखिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij