
Aug 15 2025 | २०८२, साउन ३० गते
काठमाडौं । नेकपा एमालेका नेता तथा सांसद गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बचाउ गरेका छन् ।
आइतबार सरकारबाट बाहिरिएसँगै गरिएको पत्रकार सम्मेलनमा रास्वपाका सभापति लामिछानेले केही सञ्चार माध्यम सम्पादकहरुमाथि लगाएका आरोपबारेसम्बन्धित व्यक्तिले नै जवाफ दिनुपर्ने बताएका छन् । उनले रविले निष्फिक्री बोलेको भन्दै प्रतिरक्षा र जबाफदेहिता अरूको काम भएको भन्दै प्रश्न उठेपछि जवाफ दिनुपर्ने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘रविले निष्फिक्री बोले । प्रतिरक्षा र जबाफदेहिता अरूको काम हो। प्रश्न उठेपछि दागा धर्नुभन्दा जवाफ दिनु राम्रो हो ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij