Logo

Aug 15 2025 | २०८२, साउन ३० गते

Aug 15 2025 | २०८२, साउन ३० गते

सुदूरपश्चिमका मुख्यमन्त्री रावलले भोलि विश्वासको मत लिने

सुदूरपश्चिमका मुख्यमन्त्री रावलले भोलि विश्वासको मत लिने

  • काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बुधबार विश्वासको मत लिने भएका छन् । पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका रावलले २६ गतेभित्र विश्वासको मत लिनैपर्ने संवैधानिक बाध्यता छ ।

    images
    images
    images

    नेकपा एमालेका संसदीय दलका नेता रावल माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्री भएका हुन् । तर, उनले विश्वासको मत पाउने नपाउने अझै यकिन हुन सकेको छैन । नागरिक उन्मूक्ति पार्टीले विश्वासको मतको विषयमा कुनै निर्णय नगरेकाले अन्योलको स्थिति बनेको हो ।

    images

    विश्वासको मत दिने नदिने विषयमा आफूहरु छलफल रहेको नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक लक्ष्मण थारुले बताए । छलफलमै रहेका विश्वासको मतका विषयमा निर्णय भइनसकेको बताए ।

    ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नागरिक उन्मुक्तिका ७ सांसद छन् । यो संख्या प्रदेशको सरकार निर्माणदेखि संसद्का हरेक प्रक्रियामा निर्णायक छ ।

    तर, एमाले र माओवादीका नेताहरूले भने नागरिक उन्मुक्ति विश्वासको मत दिने बताउँदै आएका छन्।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij