Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । निर्देशक राम बाबु गुरुङको फिल्म 'फुलबारी' आजबाट प्रदर्शनमा आएको छ । विपिन कार्की र अरुणा क्षेत्री मुख्य भूमिकामा रहेको फिल्मले अवकाश प्राप्त शिक्षकको परिवारको उतारचढावको कथा प्रस्तुत गरेको छ। फिल्ममा दयाहाङ्ग राई, प्रियंका कार्की, शिल्पा मास्के, गौमाया गुरुङ्ग, अनुपम शर्मा, लोकेन्द्र लेखक लगायतका कलाकार पनि प्रमुख भूमिकामा रहेका छन् ।
कमल किशोर मालपानीको कथा र कन्सेप्ट रहेको फिल्मलाई उपेन्द्र सुब्बाले लेखेका छन् । मनिष ढकाल निर्माता रहेको फिल्ममा मनिराम पोख्रेल कार्यकारी निर्माताको रुपमा रहेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij